Wednesday, December 13, 2017

म्याग्दीमा ५० श्ययाको अस्पताल निर्माण शुरु

बेनी, म्याग्दी।  म्याग्दीको सदरमुकाम बेनीमा ५० श्यया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ ।

करिब रु १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत काम शुरु गरेको हो ।

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सो भवन चार तलाको रहनेछ । विसं २०७३ मंसिर २१ गते महादेव खिम्ती ज्वाला सफिना जेभीले ठेक्का पाएको सो भवन निर्माण कार्यको मंगलबार बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमूख रोशन न्यौपानेले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

भूकम्प प्रतिरोधी क्षमताको निर्माणाधीन भवन अपांगमैत्री हुने अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । यो भवन म्याग्दीमा हालसम्म निर्माण भएकामध्ये सबैभन्दा ठूलो र धेरै लागतको भएको इञ्जिनियर प्रकाश अर्यालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts