Wednesday, December 13, 2017

सुनसरी—३ मा गच्छदार अगाडि

इनरुवा । सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि हुनुभएको छ ।

मतगणना शुरु भएदेखि पछाडि रहँदै आउनुभएका गच्छदार आज अगाडि हुनुभएको हो । आज बिहान ६ बजे सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार गच्छदार ५१९ मतले अगाडि हुनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार काँग्रेसका उम्मेदवार गच्छदारले ३६ हजार ८० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब त्यो क्षेत्रमा जम्मा छ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts