कपिलवस्तु । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन नेतृत्वको सरकारले भारत र चीन दुवै देशसँग असल सम्बन्ध स्थापित गरी अघि बढ्ने बताउनुभएको छ ।
मायादेवी गाउँपालिकाको पकडीमा वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन उहाँले मुलुकभर वाम गठबन्धनको लहर देखेर नेपाली काँग्रेस अत्तालिएको बताउनुभयो । वाम सरकार आए मुलुकमा अधिनायकवाद आउँछ भन्नु काँग्रेसको पराजित मानसिकताको उपज भएको उहाँको भनाइ थियो ।
मुलुकमा स्थिर सरकार बन्न नसक्दा राजनीतिक अस्थिरता र आर्थिक विकास हुन नसकेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यसपटक वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बन्ने दाबी गर्नुभयो । काँग्रेसलाई पनि बृहत्तर लोकतान्त्रिक पार्टी निर्माण गरी अघि बढ्न आग्रह गर्दै उहाँले स–साना पार्टीलाई एकीकरण गरी अब मुलुकमा दुई वटा पार्टी मात्रै निर्माण गरिनुपर्ने बताउनुभयो ।
No comments:
Post a Comment