रोल्पा। राष्ट्रिय समाचार समितिका रोल्पा प्रतिनिधि उमा केसी ‘मनप्रसाद घर्ती स्मृति ग्रामीण पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको १२औँ स्थापना दिवसका अवसरमा लिवाङमा आयोजित एक कार्यक्रममा राससकर्मी केसी पुरस्कृत हुनुभएको हो ।
पत्रकार मनोज घर्तीमगरले आफ्ना बुबा मनप्रसाद घर्तीमगरको स्मरणमा स्थापना गरेको सो पुरस्कार ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्ने व्यक्तिलाई हरेक वर्ष प्रदान गरिन्छ । पुरस्कारको राशि रु तीन हजार रहेको छ ।
No comments:
Post a Comment