Thursday, December 7, 2017

महिलाको शव भेटियो

काभ्रे।काभ्रेपलाञ्चोकमा आज एक महिलाको शव भेटिएको छ ।

बनेपा नगरपालिका– २ की ३६ वर्षीया संगिता घिमिरेको शव सोही नगरपालिका– १३ स्थित धनेश्वर जंगलमा भेटिएको बनेपा प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।

घिमिरे गत मंसिर १२ गतेदेखि हराइरहेकी थिइन् । उनको घरपरिवारले खोजीका लागि बनेपा पहरी चौकीमा निवेदन दिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको शाहले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts