Thursday, December 7, 2017

२६ क्रियापुत्रीबाट मतदान

दाङ। आज भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं ३ मा तीन घरका २६ किरियापुत्रीले मतदान गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१२ मावि हरिपौरी मतदान केन्द्रबाट नेकपा(एमाले) दाङका उपाध्यक्षसमेत रहनुभएका हुकुमबहादुर बस्नेतसहित उहाँको घरमा किरिया बस्नुभएका आठ जनाले मतदान गर्नुभएको छ ।

सोही मतदान केन्द्रबाट उपमहानगरपालिका–१२ का अम्मर डाँगीसहित उहाँको सात जनाको परिवारले मतदान गर्नुभएको छ । उहाँहरु आफ्नी आमाको किरिया बस्नुभएको छ । त्यस्तै उपमहानगरपालिका–९ दोघरेका रुपलाल नेपालीको किरिया बस्नुभएका उहाँको परिवारका ११ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts