Friday, December 22, 2017

उखु क्रसिङ शुरु

कलैया।  मनहर्वा–५ स्थित रिलायन्स सुगर एण्ड केमिकल उद्योगले उखु क्रसिङ शुरु गरेको छ ।

उद्योगका उखु महाप्रबन्धक ओमप्रकाश शुक्लाका अनुसार उद्योगले यस वर्ष बारा, पर्सा र रौतहटका कृषकबाट खरिद गरी करिब ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ ।

आव २०७३÷७४ मा सो उद्योगले ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा उखुको अभावले गर्दा कूल १६ लाख ६४ हजार क्विन्टल मात्र क्रसिङ गरी कूल एक लाख ५३ हजार ४६७ क्विन्टल चिनी उत्पादन गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts