Friday, December 1, 2017

माइक्रोबस दुर्घटनामा एकको मृत्यु, १५ घाइते

सिन्धुली। काठमाडाँबाट उदयपुर जाँदै गरेको बा ३ ख ८४६७ नं को माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–११ बुका दोभानमा आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–६ निवासी ६५ वर्षीय राजेन्द्रप्रसाद भट्टराई रहेका छन् । दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन् ।

घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको सोही माइक्रोबसले बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको स २ प ५९४७ नं मोटरसाइकललाई ठक्कर दिँदा उदयपुर कटारी निवासी ४५ वर्षीय कर्णबहादुर तामाङसमेत घाइते भएका छन् ।

तीव्र गतिमा रहेको सो माइक्रोबसले अर्को माइक्रोबसलाई उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिई सडकबाट करिब ७० फिट तल खसेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts