Saturday, December 9, 2017

कपिलवस्तु २ मा गुप्ता विजयी

जितपुर, कपिलवस्तु।  कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभामा नेकपा (एमाले)का उम्मेदवार वृजेशकुमार गुप्ता विजयी हुनुभएको छ ।

सो क्षेत्रमा गुप्ता नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी आचार्यले ३१ हजार ५६६ मत पाउनुभएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार वीरेन्द्रकुमार कानोडिया विजयी हुनुभएको छ । कानोडिया माओवादी केन्द्रका जाबेद आलम खाँलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

कानोडियाले छ हजार ६७९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी खाले छ हजार ३०७ मत पाउनुभएको छ ।

यहाँको पछिल्लो ताजा मत परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ वाम गठबन्धनकै उम्मेदवार अगाडि छन् भने ३ मा नेपाली काँग्रेस अगाडि छ ।
यो जितसँगै यस जिल्लामा नेपाली काँग्रेसले खाता खोलेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts