Saturday, December 9, 2017

सप्तरी ३ मा चौधरी विजयी

राजविराज।  प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसलाई हराउँदै राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी हुनुभएको छ ।

जिल्ला मुख्य निर्वाचन कार्यालयले मध्यरात सार्वजनिक गरेको मत परिणमअनुसार चौधरीले २२ हजार ५८४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दिनेशकुमार यादवले १९ हजार ४०१ मत प्राप्त गर्नुभयो ।
यसअघि सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतले विजयी हुनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts