Friday, December 1, 2017

स्कुटरको ठक्करबाट मृत्यु

उर्लाबारी, मोरङ । उर्लाबारी–७ स्थित उर्लाबारी–इटहरा भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको शुक्रबार साँझ मृत्यु भएको छ ।

इटहराबाट उर्लाबारी आउँदै गरेको वान टेस्ट स्कुटरले पैदलयात्री उर्लाबारी–७ बस्ने ५४ वर्षीय ध्रुव सिलवाललाई ठक्कर दिएकामा गम्भीर घाइते भएकाले न्यूरो उपचार विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । ठक्कर दिने स्कुटर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts