Monday, December 18, 2017

शैक्षिक गुणस्तर वृद्धिका लागि प्रतिबद्धता

फलेवास, पर्वत।  कुश्मा नगरपालिकाका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन र अभिभावकको विश्वास बढाउन नगरपालिका, शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न निर्णय गरेको छ ।

सबै विद्यालयमा गरिएका असल अभ्यासको आदानप्रदान गर्ने, नगरपालिकाका शिक्षकमध्येबाट टिम सुपरभिजनका लागि नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक र गणित विषयका विषयगत समिति गठन गरी प्राज्ञिक आदानप्रदान तथा शिक्षण अनुगमन गराउने तथाकक्षा ८ को वार्षिक परीक्षा नगरस्तरीय रुपमा गर्नका लागि स्थानीय शिक्षा अधिकारी राजेन्द्रबहादुर क्षत्रीको अध्यक्षतामा सात सदस्यीय परीक्षा समिति गठन गर्नेलगायत निर्णय बैठकले गरेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts