Saturday, December 2, 2017

निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवानमा रोक

पर्सा।शान्तिपूर्ण, निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले जिल्लामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य सदस्यको दोस्रो चरण निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा बिक्री, वितरण, ढुवानी तथा सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनको क्रममा मदिरा सेवान गरेकाबाट होहल्ला र शान्ति भंग हुनाका साथै मदिरा खुवाएर मतदातालाई प्रभावित पार्ने भएकाले निर्वाचन सम्पन्न नभएसम्मका लागि बिक्री वितरण तथा सेवानमा रोक लगाएको बताउनुभयो ।

स्थानीय प्रशासनको निर्देशनलाई अवहेलना गर्दै मदिरा बिक्री वितरण तथा सेवन गरेको पाए कानूनबमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts