Friday, December 1, 2017

निर्वाचन विरोधी बाह्र जना पक्राउ

इलाम । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री र भारत जलपाइगुडीका सुभाष तामाङ छन् ।

यस्तै पक्राउ पर्नेमा भगवती मावि इलाममा कार्यरत शिक्षिका खिनमाया परियार, डम्बर मगर, संगीता फागो, अर्जुनकुमार थापा, पार्वता बराल, इलाम नगरपालिका–५ की ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका–११ का २७ वर्षीय सञ्जीव फागो, देउमाई नगरपालिका–८ का ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका–१ का २६ वर्षीय विशाल राई छन् ।

पक्राउ परेका व्यक्तिविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा रहेर निर्वाचन विरोधी गतिविधिमा लागेको पाइएकाले मुद्दा चलाइएको हो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts