Saturday, December 23, 2017

‘बुटवल र दाङको बीचमा प्रदेश राजधानी’

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य सुदर्शन बरालले ५ नं प्रदेशको राजधानी बुटवल वा दाङ बनाउने भनेर प्रतिष्ठाको विषय नबनाउन आग्रह गर्नुभएको छ ।

सो प्रदेशको राजधानीका विषयमा वाम गठबन्धनका राष्ट्रियस्तरका नेताहरुबीच फरकफरक धारणा आइरहेका बेला गुल्मी–काठमाडौँ सम्पर्क मञ्च र गणतान्त्रिक जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा बरालले सबैलाई पायक पर्ने र सुविधा भएको स्थानमा राजधानी तोकिने दाबी गर्नुभयो ।

बुटलव र दाङका बारेमा विवाद बढेमा बीच स्थानतिर राजधानी हुन सक्ने पनि उहाँले बताउनुभयो । नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले बुटवल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङलाई सो प्रदेशको राजधानी बनाउने उद्घोष गर्दै आउनुभएको छ ।

बरालले भन्नुभयो, “अहिले अस्थायी तोकिन्छ, भोलि प्रदेशसभाले अध्ययन गरी उपयुक्त स्थान जहाँ छ त्यहाँ निर्धारण गर्छ ।” उहाँले एमाले–माओवादीबीचको एकता जनताबाट अनुमोदन भइसकेकाले चाँडै निष्कर्षमा पु¥याउनुपर्नेमा पनि जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts