Saturday, December 9, 2017

डा कोइराला र त्रिपाठीको अग्रता

नवलपरासी। प्रतिनिधिसभा सदस्यको नवलपरासी (बर्दघाट सुस्ता ) पूर्व १ मा नेपाली काँग्रेसका उम्मेदवार डा शशांक कोइराला ६ हजार ७५८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

यहाँ वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भविश्वर पराजुलीले तीन हजार ७७३ मत प्राप्त गर्नुभएको छ । नवलपरासी ( बर्दघाट सुस्ता ) पूर्व २ मा नेपाली काँग्रेसका उम्मेदवार विष्णु कार्कीले तीन हजार ९९४ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।

यहाँ वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले)का तिलक महतले तीन हजार ५०३ मत प्राप्त गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम १ मा वाम गठबन्धनका उम्मेदवार हृदयेश त्रिपाठी आठ हजार १२८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

यहाँ नेपाली काँग्रेसका देवकरण कलवारले सात हजार ३४२ मत प्राप्त गर्नुभएको छ । यसैगरी नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ मा नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले पाँच हजार २१६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

यहाँ वाम गठबन्धनका उम्मेदवार धनश्याम यादवले तीन हजार ५४८ मत प्राप्त गर्नुभएको छ ।

दाहालको अग्रता कायमै

चितवन । चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ ।

सो क्षेत्रमा आठ हजार ८५ मतगणना गर्दा दाहालले चार हजार ६२७ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिद्वन्द्वी विक्रम पाण्डेले दुई हजार ८७७ मत प्राप्त गर्नुभएको छ । पाण्डे भन्दा दाहालले एक हजार ७५० मत बढी ल्याउनुभएको छ । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो ।

यसैगरी क्षेत्र नं २ मा ६ हजार ३८८ मतगणना गर्दा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले तीन हजार ९९३ र नेकाका शेषनाथ अधिकारीले एक हजार ९३५ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेकोमा ७७ हजार ४७६ मत खसेको थियो ।

क्षेत्र नं १ मा सात हजार ७७४ मतगणना हुँदा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले चार हजार ५३९ र काँग्रेसका राजेन्द्र बुर्लाकोटीले दुई हजार ८९४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो ।

जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ५४ हजार ३६ रहेको छ । समग्रमा जिल्लामा ७३ दशमलव ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।

खनाल र नेम्वाङको अग्रता

इलाम- प्रतिनिधिसभा तथा प्रदेशसभा सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ ।

क्षेत्र नं १ मा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नौ हजार ९६९ मत प्राप्त गर्दै अग्रता कायमै राख्नुभएको छ भने नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले पाँच हजार ७५९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी इलाम–२ मा वाम गठबन्धनका सुवास नेम्वाङले नौ हजार ८४३ मत प्राप्त गर्दा काँग्रेसका केशव थापाले छ हजार ९७३ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा २ (क) मा वाम गठबन्धनका राम रानाले पाँच हजार चार मत र काँग्रेसका डम्बर खड्काले चार हजार २२ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा–२ (ख) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता धीरेन्द्र शर्माले चार हजार १४४ मत प्राप्त गर्दा काँग्रेसका नेता खगेन्द्र देवानले दुई हजार ८४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा १ (क) मा वाम गठबन्धनकी खिनु लिम्बूले चार हजार ७९८ र काँग्रेसका देवेन्द्र राईले दुई हजार ८७८ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा १ (ख) मा वाम गठबन्धनकै काजीमान कागतेले छ हजार ६७७ र काँग्रेसका दुर्गा बरालले तीन हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts