Saturday, December 2, 2017

भोट हालेर चिसो छल्न जाजरकोट झरे डोल्पाली

जाजरकोट । चिसो बढेसँगै मतदान गर्न बसेका माथिल्लो डोल्पाका बासिन्दा अहिले जाजरकोटका विभिन्न गाउँमा पुगेका छन् ।

जाजरकोटमा चिसो कम हुने भएकाले चिसो छल्न घोडा, भेडा र खच्चडसहितका डोल्पाली जाजरकोटका गाउँमा पुगेको सहरताराका गैरी थकालीले बताउनुभयो ।

माथिल्लो डोल्पामा हिमपात शुरु भएर बस्न नसकिने अवस्था भएकाले सहरतारा, गुम्वातारा, तेन्जे, माजफाल, सेलगायतका दर्जन गाउँबाट जाजरकोटका खगेनकोट, तल्लु, मैदे, रिम्ना, राडीलगायतका ठाउँमा आएर बसेको सेका पामे लामाले बताउनुभयो ।

मंसिरदेखि फागुनसम्म जाजरकोटका गाउँमा बस्दा डोल्पाबाट ल्याएका जिम्बु तथा अन्य औषधिजन्य सामग्री बिक्री गर्ने र डोल्पा फर्कदा आवश्यक खाद्यान्न लिएर उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts