Friday, October 30, 2015

पाँच लाख हस्ताक्षर सङ्कलन

काठमाडौँ, १३ कात्तिक । युवा सङ्घ नेपालले नाकाबन्दीविरुद्ध सञ्चालन गरेको हस्ताक्षर अभियानले अहिलेसम्म करिब पाँच लाख हस्ताक्षर सङ्कलन गरेको छ ।

नेपाली जनताका तर्फबाट हस्ताक्षर सङ्कलन गरी प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा संयुक्त राष्ट्र सङ्घमा हस्ताक्षर बुझाउन लागिएको हो । गत असोज दोस्रो सातादेखि काठामाडौँ उपत्यका हुँदै विभिन्न जिल्लामा हस्ताक्षर सङ्कलन सुरु गरिएको थियो ।

सङ्घका अध्यक्ष राजीव पहारीले नेपाली जनताले निर्वाचित गरेको संविधानसभाबाट ९० प्रतिशत जनप्रतिनिधिले पारित गरेको संविधानप्रति कुनै समूहले असहमति जनाएका कारण भारतले नाकाबन्दी गरेकामा त्यसलाई अन्तर्राष्ट्रिकरण गर्न नेपाली जनताको हस्ताक्षर सङ्कलन गरिएको जानकारी दिनुभयो ।

उहाँले भूपरिवेष्टित राष्ट्र नेपालको अन्तर्राष्ट्रिय नियमानुसारको पारवहन सुविधा र अधिकारलाई भारतले उल्लङ्घन गरी स्वाभिमानी नेपाली जनताको दैनिक उपभोग्य वस्तु आपूर्तिमा प्रभाव पारेकामा दुःख व्यक्त गर्दै यस्तो कार्यले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) भावनामा समेत चोट पुगेको बताउनुभयो ।

सङ्घले यही कात्तिक १६ गते सो हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts