Friday, October 30, 2015

बलात्कार गरेको आरोपमा दुई पक्राउ

बनेपा, १३ कात्तिक । सुस्तःमनस्थिति भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा ७७ वर्षीय वृद्धलाई काभ्रेपलाञ्चोकमा पक्राउ गरिएको छ ।

काभ्रेपलाञ्चोक चलालगणेस्थान–१ का पेचे भनिने कृष्णबहादुर नगरकोटीलाई हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

उहाँले बलात्कार गरेको हो वा होइन भन्ने विषयमा स्वास्थ्य परीक्षणसमेत गर्न लागिएको जानकारी दिँदै पैसा दिने प्रलोभनमा पारेर उनले बलात्कार गरेको आशङ्का गर्नुभयो त्यस्तै ।

यसैबीच अप्राकृतिक मैथुन गराएको आरोपमा पनौती नगरपालिका–११ का ४५ वर्षीय बालकृष्ण भुल्लुलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागारमा बलात्कारको अभियोग लागेका ६२ बन्दी छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts