Friday, October 30, 2015

अध्यक्ष थापाद्वारा पार्टी विभागीय प्रमुखलाई निर्देशन

काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टी विभागीय प्रमुख, सङ्गठन प्रमुख तथा कार्यकर्तालाई सङ्गठनलाई थप सुदृढ बनाउन निर्देशन दिनुभएको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहनुभएका थापाले आज बसेको पार्टीको साङ्गठनिक बैठकमा आगामी मङ्सिर ६–८ गते हुने केन्द्रीय परिषद् भेलामा एक वर्षसम्म विभाग र सङ्गठनले गरेको कामको समीक्षासहितको प्रतिवेदन तयार गर्न निर्देशन गर्नुभयो ।

अध्यक्ष थापाले एक वर्षको कार्य समीक्षासहित आगामी वर्षका लागि भावी कार्य योजनासमेत तयार गरी प्रतिवेदन प्रस्तुत गर्न प्रमुखहरूलाई निर्देशन दिएको राप्रपा नेपाल केन्द्रीय यातायात विभाग प्रमुख देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले स्थानीय निकायको निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि सङ्गठनलाई बलियो बनाउँदै इमानदार र पारदर्शी ढङ्गले काम गर्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो । बैठकमा नेता थापाले आफ्नो पार्टी सरकारमा सहभागी हुनाको कारणसहित कार्यकर्तालाई स्पष्ट पार्नुभएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts