काठमाडौँ, १३ कात्तिक । सवारीसाधन नपाई आवतजावतमा समस्या भोगिरहेका यात्रुका लागि नेपाली सेनाले निःशुल्क यातायात सेवा सुरु गरेको छ ।
इन्धनको अभावले सडकमा कम सवारी साधन चल्दा यात्रुले सास्ती भोगिरहेका बेला नेपाली सेनाले आजदेखि काठमाडौँ उपत्यकाका आठ मार्गमा निःशुल्क दैनिक चार ठूला बस सञ्चालन गरेको हो ।
यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले बिहानी र दिवा गरी दुई समूहमा दैनिक चार बस गुडाउन सुरु गरिएको सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिनुभयो । सवारी सेवा दिइएको मार्गमा बानेश्वर–कोटेश्वर–एकान्तकुना–कालिमाटी–त्रिपुरेश्वर हुँदै रत्नपार्क तथा भद्रकाली–जमल–लैनचौर–नारायणगोपाल चोक–बालाजु–सोह्रखुट्टे हुँदै माइतीघर कायम गरिएको छ । त्यस्तै माइतीघर–सहिदढोका–त्रिपुरेश्वर–कालीमाटी–कलङ्की–स्वयम्भू–छाउनी–ताहाचल टेकु–थापाथलीसम्म सेवा दिन सुरु गरिएको सेनाले जनाएको छ ।
माइतीघर–बानेश्वर–तीनकुने–गौशाला–नारायणगोपालचोक लैनचौर हुँदै कान्तिपथको मार्गलगायतमा सवारी सेवा उपलब्ध सुरु भएको छ । यसअघि नेपाल प्रहरीले दैनिक तीन बस सेवा विभिन्न मार्गमा सञ्चालन गर्दै आएको छ । रासस
No comments:
Post a Comment