Friday, October 30, 2015

क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स डुबाउने अर्का फरार पक्राउ

काठमाडौँ, १३ कात्तिक । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स डुबाउने कार्यमा संलग्नमध्येका एक फरार प्रतिवादी काभ्रे, बनेपा नगरपालिका बस्ने अभिलेख डेभलपर्स प्रालिका सञ्चालक पूर्णबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले केसीलाई आज महाराजगञ्ज, काठमाडौँबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार, जगन्नाथदेवल पठाइएको ब्युरोले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले बादी नेपाल सरकार प्रतिवादी केसीसमेत भएको बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ को फैसलाले तीन वर्ष कैद र रु दुई करोड २५ लाख बिगो जरिवाना गरेपछि उनी हालसम्म फरार रहेका थिए ।

उनले अभिलेख डेभलपर्स प्रालि नामको फर्म खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट रु दुई करोड २५ लाख कर्जा लिई उक्त कर्जा दुरुपयोग गरी फाइनान्स कम्पनीलाई हानी नोक्सानी पु¥याएको देखिएको हुँदा केसीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उल्लेखित सजाय हुनुका साथै हानी नोक्सानी भएको बिगो रकम रु दुई करोड २५ लाख क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडलाई प्रतिवादीको तर्फबाट भराई दिने फैसला गरेको थियो ।

सोही बैंकिङ कसुरसम्बन्धी मुद्दामा यसअघि ब्युरोबाट पक्राउ परेका छ जना कसुरदारबाट जम्मा १९ वर्ष नौ महिना कैद र रु २७ करोड ७७ लाख २० हजार जरिवाना असुलउपर गरी सकिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts