Thursday, October 29, 2015

निवर्तमान राष्ट्रपति डा यादवको बिदाइ

काठमाडौँ, १२ कात्तिक । निवर्तमान राष्ट्रपति डा रामवरण यादवलाई आज शीतलनिवासमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ ।

नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको समारोहमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले डा यादवलाई फूलको गुच्छासहित बिदाइ गर्नुभयो । प्रधानमन्त्री ओलीले फूलको गुच्छा, माला र बुद्धको मूर्ति उपहारसहित डा यादवलाई बिदाइ गर्नुभएको थियो ।

त्यस्तै उपराष्ट्रपति परमानन्द झा, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, प्रधानसेनापति राजेन्द्रकुमार क्षेत्री, राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुङ्गानाले पनि डा यादवलाई उपहार प्रदान गर्नुभएको थियो ।

त्यसैगरी पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताले पनि डा यादवलाई बिदाइ गर्नुभएको थियो ।

समारोहमा निवर्तमान राष्ट्रपति डा यादवले अफ्नो सातवर्षे कार्यकालको अनुभवसहितको मन्तव्य दिनुभएको थियो । राष्ट्रपति निवासबाट विशेष कारगेडका साथ सरकारले उहाँका लागि व्यवस्था गरेको ललितपुरको बागडोलस्थित निवासमा उहाँ जानुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts