Tuesday, November 3, 2015

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

पोखरा, १७ कात्तिक । पोखराको हेम्जास्थित प्रगतिचोकमा ट्याक्सी र मोटरसाइकल एक आपसमा ठोक्ँिकदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कास्कीको नाउडाँडाबाट पोखरातर्पm आइरहेको ग १ ज ११६८ नम्बरको ट्याक्सी र पोखराबाट हेम्जातर्पm गइरहेको ग ८ प २७६८ नम्बरको मोटरसाइकल आज एक आपसमा ठोक्ँिकदा पोखरा–२७ हेम्जाका २७ वर्षीय कृष्णप्रसाद त्रिपाठीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक त्रिपाठीको उपचारका लागि पोखरा ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts