Thursday, November 5, 2015

राष्ट्रपतिसमक्ष स्वदेश फिर्तीको माग

दमक, १९ कात्तिक । पूर्वमा शरणागत स्वदेश फर्कन चाहने भुटानी शरणार्थीले स्वदेश फिर्तीको माग गर्दे राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज ज्ञापनपत्र पठाएका छन् ।

स्वदेश फिर्तीका लागि भएका दुई देशका बीचको वार्ता परिणाममुखी हुन नसकेको जनाउँदै भुटानी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिले आज राष्ट्रपतिलाई ज्ञापनपत्र पठाएको समितिका प्रवक्ता सन्तवीर घलेले बताउनुभयो ।

दुई दशकदेखि स्वदेश फर्कन चाहने शरणार्थीको मानवाधिकार हनन भएपछि एक लाख भुटानी शरणार्थी तेस्रो देश पलायन हुनुपर्ने बाध्यात्मक परिस्थिति आएको ज्ञापनपत्रमा उल्लेख छ ।

स्वदेश फिर्तीका लागि पटक पटक पहल गर्न विभिन्न निकायलाई आग्रह गर्दा समेत सुनवाइ हुन नसकेका अवस्थामा राष्ट्रपति भण्डारीबाट स्वदेश फिर्तीका लागि पहल हुने अपेक्षा गरिएको समितिका प्रवक्ता घलेले बताउनुभयो । समितिले यसअघि प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts