Thursday, November 5, 2015

‘समस्या समाधानका निम्ति सरकार प्रयासरत’

काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण उद्योगी व्यवसायीले झेल्नुपरेका समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वको उद्यमी–व्यवसायीको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उहाँले इन्धन आपूर्तिलगायत देशले भोग्नुपरेको असहज अवस्थाको अन्त्यका लागि सरकार गम्भीर भएर लागेको बताउनुभयो ।

“वर्तमान समस्या हल गर्न कूटनीतिकलगायत सबै तहबाट आवश्यक कार्य भइरहेको जानकारी प्रधानमन्त्रीले दिनुभयो”– मुरारकाले भेटपछि सञ्चारकर्मीलाई बताउनुभयो ।

इन्धन सङ्कटले कलकारखाना बन्द हुने अवस्थामा पुगेको र राजस्व रकम रु २५ अर्बभन्दा बढी नोक्सानी भएको वास्तविकता प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै आफूहरुले औद्योगिक क्षेत्रका समस्या सुल्झाउन र रुग्ण उद्योगलाई राहतको व्यवस्थाका निम्ति अनुरोध गरेको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts