बैतडी, २६ कात्तिक । बैतडीमा अत्यधिक रक्सी सेवनका कारणले आज एक शिक्षकको जनाको ज्यान गएको छ ।
ज्यान जानेमा गुरुखोला–५ का ५४ वर्षीय विष्णुदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख मोहन पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो “मृतक भट्टको नजिकै भोड्का नामक रक्सीको खाली बोतल भेट्टिएको छ, हिजोदेखि नै रक्सी सेवन गरी राति चिसोले कठ्याँग्रिएर राति नै ज्यान गएको हुन सक्छ ।”
मृतक भट्ट हिजो साँझ ७ः०० बजे घरबाट हिडेका पारिवारिक स्रोतले बताएको छ ।
आज बिहान ९ः०० बजे गुरुखोला–६ मा सडक छेउमा मृत अवस्थामा भेट्टिएका भट्टको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।
मृतक भट्ट गुरुखोलास्थिल मणिलेक उच्च माध्यमिक विद्यालयका शिक्षक थिए । रासस
No comments:
Post a Comment