Thursday, November 12, 2015

ढाका कपडाको व्यापारमा कमी

रामपुर (पाल्पा), २६ कात्तिक । पाल्पामा यसवर्ष ढाका कपडाको व्यापारमा कमी आउने भएको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण जिल्लामा भित्रिने पर्यटकको सङ्ख्या न्यून हुँदा विगतका वर्षको तुलनामा यसवर्ष ढाका कपडाको व्यापारमा कमी आउने व्यापारीको भनाइ छ । दसैँ तिहारका अवसरमा अत्यधिक बिक्री हुने ढाका कपडाका सामग्रीमा यसवर्ष ७५ प्रतिशतले कमी आउने उनीहरु बताउँछन् ।

गतवर्ष रु १२ करोड मूल्य बराबरको ढाका कपडाको व्यापार भएको थियो । देशभरी पाल्पाली ढाका कपडाले प्रसिद्धि पाएको छ । विगतका वर्षहरुमा आन्तरिक तथा बाह्य पर्यटकले ढाका कपडाबाट निर्मित विभिन्न सामग्री किन्ने गरेका थिए ।

“ढाका कपडाबाट निर्मित सामग्री चिनोस्वरुप लैजाने गर्छन” उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजु महर्जनले भन्नुभयो । जिल्लामा २० वटा ढाका कपडा उद्योग सञ्चालनमा रहेका उहाँले जानकारी दिनुभयो ।

“पाँच हजार जना बढीले रोजगारी पाएका छन्” अध्यक्ष महर्जनले भन्नुभयो । जाडो मौसममा ढाका कपडाको प्रयोग निकै उपयोगी मानिन्छ । यहाँ उत्पादित ढाका कपडाका सामग्री काठमाडौँ, पोखरा, बुटवल, दाङ, नेपालगञ्जसहित भारतमा समेत बिक्री वितरण हुने गर्दछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts