Friday, November 6, 2015

नेवारी संस्कृति राष्ट्रको गौरव हो : सभामुख

काठमाडौँ, २० कात्तिक । सभामुख ओनसरी घर्तीले नेवारी समुदायले मनाउने म्ह पूजाले नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराइ देशको गौरव बढाएको बताउनुभएको छ ।

नेपाल प्याथिलियन कम्पनीद्वारा आज यहाँ आयोजित सामूहिक म्ह पूजा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली पर्व संस्कृतिको आआफ्नै विशेषता रहेको र त्यसले विविधतायुक्त सुन्दर देश नेपालमा सबै जाति समुदायकाबीच सांस्कृतिक र भावनात्मक एकता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

साहित्यकार डा तेजेश्वरबाबु ग्वङ्गले म्ह पूजाको सांस्कृतिक पक्षको चर्चा गर्दै यसले मानिसले आफ्नो महत्वलाई बुझ्ने अवसर प्रदान गर्ने बताउनुभयो ।

कम्पनीका प्रबन्ध निर्देशक नरेश श्रेष्ठले नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व म्ह पूजाको विशेषतालाई अन्तर्राष्ट्रिय तहमा पु¥याउन विभिन्न मुलुकका कूटनीतिक व्यक्तिलाई समावेश गरी पूजा गरिएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts