Friday, November 6, 2015

नाकाबन्दीको दीर्घकालीन विकल्प खोज्नुपर्छ – नेता नेपाल

तुलसीपुर (दाङ), २० कात्तिक । पूर्वप्रधान मन्त्री तथा नेकपा(एमाले)का नेता माधवकुमार नेपालले असल छिमेकीको व्यवहार गर्न भारतलाई आग्रह गर्नुभएको छ ।

एमाले दाङले आज घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले असल छिमेकीका रुपमा भारतले व्यवहार नगर्दासम्म दुई देशको सम्बन्ध सुमधुर नहुने बताउनुभयो ।

उहाँले रोटीबेटीको सम्बन्ध भएको भारतले नाकाबन्दी गरेर नेपालीलाई दुःख दिने काम गरेकाले नाकाबन्दीको दीर्घकालीन विकल्प खोजेको बताउनुभयो । नेता नेपालले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप भारतले गर्न नहुने धारणा राख्नु भयो ।

मधेस र पहाडमा बस्ने सबै नेपाली बराबर भएकाले जातीय क्षेत्रीय भावना मिसाएर नेपालमा हस्तक्षेप, अस्थिरता मच्चाउन नहुने उहाँको भनाइ छ ।
कार्यक्रममा एमालेका जिल्लास्तरीय नेतादेखि केन्द्रीय नेताको पनि उपस्थिति रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts