काठमाडौँ, ५ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले भारतले गरेको नाकाबन्दीले देशमा विभिन्न सामग्रीको आपूर्ति असहज भएकाले सरकारले वैकल्पिक माध्यमबाट उपभोग्य वस्तु आयात गर्ने गृहकार्य गरिरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) १८ वडा कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले पेट्रोलियम पदार्थको उपभोगलाई न्यूनीकरण गरी विद्युतीय साधन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री पोखरेलले काठमाडौँका भित्री सहर सांस्कृतिक रुपमा महत्वपूर्ण रहेको हुँदा तिनलाई संरक्षण गर्नुपर्ने बताउँदै त्यस क्षेत्रको स्वच्छ वातावरणका लागि धुवाँरहित सवारी साधनको व्यवस्थापन गर्न सुझाव दिनुभयो ।
उहाँले नेपाल सम्वत्का प्रवर्तक तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको स्मरणमा गठन गरिने नेपाल सम्वत् मूल समारोह समितिलाई सरकारले प्रत्येक वर्ष रु पाँच लाख दिने निर्णय गरिएको जानकारी दिनुभयो । यसअघि रु तीन लाख दिने गरिएको थियो ।
कमिटीका अध्यक्ष हेमज्योति शाक्यको सभापतित्वमा भएको कार्यक्रममा सांसद रामवीर मानन्धर र प्रभादेवी बज्राचार्यले त्यस क्षेत्रका महत्वपूर्ण सम्पदास्थलमा सौर्य बत्ती जडान गरिने जानकारी दिँदै स्थानीय विकासमा आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका संयोजक न्ह्युच्छेकाजी महर्जनले देशका महत्वपूर्ण ऐतिहासिक सम्पदा तथा स्मारक त्यस स्थानमा रहेकाले तिनको विकास तथा संरक्षणमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई लक्ष्मीनारायण तण्डुकार स्मृति पुरस्कार वितरण गरिएको थियो । रासस
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment