काठमाडौँ, ५ मङ्सिर । आख्यानकार मञ्जु काँचुली तिवारीलाई ‘शङ्कर कोइराला स्मृति’ पुरस्कारबाट सम्मान गरिएको छ ।
आख्यानकार शङ्कर कोइरालाको स्मृति दिवसका अवसरमा दायित्व वाङ्मय प्रतिष्ठान नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँलाई रु १० हजारसहित सम्मान गरिएको हो ।
यसैगरी, नेपाली भाषा, साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका शेषराज शिवाकोटीलाई ‘दायित्व वाङ्मय सम्मान–२०७२’ द्वारा सम्मानित गरियो ।
सोही कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले लेख्नुभएको लघुकथासङ्ग्रह ‘दाउ’को विमोचन गरिएको थियो ।
कार्यक्रममा साहित्यकार माया ठकुरी, शुभ सेन, पूर्वमन्त्री हरि न्यौपाने, शङ्कर कोइरालाका छोरा अनिल कोइराला, प्रतिष्ठानका अध्यक्ष पन्त, लेखक घलेलगायतले नेपाली आख्यानमा शङ्कर कोइरालाले पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।
आख्यानकार कोइरालाका नेपाली साहित्यमा ५० वटा कृति प्रकाशित छन् । रासस
No comments:
Post a Comment