Tuesday, November 17, 2015

तेह्र सय करदाता थपिए

तुलसीपुर (दाङ), १ मङ्सिर । जिल्लामा यस आवको चार महिनाको अवधीमा एक हजार ३५३ जना नयाँं करदाता थपिएका छन् ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले सेवाग्राहीलाई घरदैलोमा नै सेवा पु¥याउने उद्देश्यले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेका घुम्तीशिविरकमा कारण करदाता थपिएका हुन् । कार्यालयका करअधिकृत थमलाल भट्ट्राईका अनुसार सल्यानको थारमारे, श्रीनगर र दाङको गढवा, सिसहनिया, भालुवाङमा आयोजना गरिएका घुम्ति शिविरबाट करदाता थपिएका हुन् ।

“करदाताको सङ्ख्या २४ हजार ७०० पुगेको छ” उहाँले भन्नुभयो । घुम्ती शिविरबाट रु २० लाख राजस्व सङ्कलनसमेत भएको छ । यसैबीच आन्तरिक राजस्व कार्यालयले चौथो राष्ट्रिय करदिवस आजदेखि मङ्सिर ७ गतेसम्म मनाउने जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts