Wednesday, November 11, 2015

देवकोटा जयन्तीमा बट्टारमा कविता प्रतियोगिता

त्रिशूली (नुवाकोट), २६ कात्तिक । देवकोटा जयन्तीको अवसरमा नुवाकोटको बट्टारमा बुधवार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।

साहित्य समाज नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा एलिसा पौड्याल पहिलो, दिक्षान्त सिटौला दोस्रो, कोपिला अर्याल तेस्रो र इश्वरी भट्ट र मनोहरिसा थापामगर सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घका केन्द्रंीय सचिव आरएम डङ्गोलले लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा गरिएको कविता प्रतियोगितामार्फत जिल्लाबाट प्रतिभाशाली स्रष्टाको जन्म हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षासेवी शम्भुप्रसाद शर्माले महाकवि देवकोटाको लेखकीय शैली र पक्षबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा शिवसुन्दर पुडासैनी, पुरु लम्साल, राजकुमार पत्ला, प्रमीला परी, भगवती खनाल, रामकृष्ण गजुरेललगायत स्रष्टाहरुले पनि आआफ्नो अप्रतियोगी रचना वाचन गर्नुभएको थियो ।

साहित्यिक गतिविधि कमै हुने जिल्लामा भएका स्रष्टाको प्रतिभा तिखारिनको लागि सहायक हुने ठानेर कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष बद्रीबृन्द गजुरेलले बताउनुभयो ।

प्रतियोगितामा सहभागी र अप्रतियोगी कविले अहिलेको नाकाबन्दीले नेपाली समाजमा पारेको असर, तिहारको रौनकता, समसामयिक राजनितिक अवस्था आदिलाई रचनाका विषय बनाएका थिए ।

महाकवि देवकोटाले मुनामदन, शाकुन्तल, कुञ्जिनीजस्ता चर्चित काव्य तथा खण्डकाव्य लेख्नुभएको छ । कथा र उपन्यासमा समेत कलम चलाउनु भएका देवकोटाको निवन्ध पनि दमदार रहेको छ ।

देवकोटाको मामा ससुराली रहेको झिल्टुङमा आएको बेलामा कोल्पुको कथालाई देवकोटाले कुञ्जिनी खण्डकाव्यमा समेटेका छन् भने देवकोटाले ‘झिल्टुङ’ शीर्षकको निवन्ध पनि लेखेका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts