Wednesday, November 11, 2015

रविमा इलाका प्रशासन कार्यालय स्थापना गरिने

पाँचथर, २६ कात्तिक । पाँचथरको दक्षिणी भेगका सर्वसाधारणलाई प्रशासनिक सेवा प्रवाह गर्न रवि बजारमा मङ्सिर महिनादेखि इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ ।

ंं मङ्सिर महिनाभित्रै कार्यालय स्थापना गरी सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले जानकारी दिनुभयो । तर नापी र मालपोत कार्यालयलगायतका केही कार्यालयबाट भने सेवा प्रवाह गर्न नसकिने उहाँको भनाइ छ ।

रविमा इलाका प्रशासन स्थापना भए रविसहित कुरुम्बा, लिम्बा, दुर्दिम्बा, हाङगुम, आरुबोटे, वलने, आङना, मौवा, माङजाबुङ, सराङडाँडा र चिलिङदेनका सर्वसाधारण प्रशासनिक कामका लागि सदरमुकाम फिदिम आउनुपर्ने बाध्यता हट्ने छ । कार्यालयबाट नागरिकता पनि वितरण गरिने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts