Thursday, November 12, 2015

घाँस काट्न हिँडेका खड्का मृत फेला

खोटाङ, २६ कात्तिक । बाख्रालाई घाँस काट्न भनेर घरबाट हिँडेका खोटाङका एक व्यक्ति बारीको काल्लामुनि मृत फेला परेका छन् ।

घाँस काट्न बिहीबार बिहान हसिया बोकेर घरबाट हिँडेका दिक्तेल नगरपालिका–१ का ४८ वर्षीय चेतबहादुर खड्का दिउँसो बारीको काल्लामुनि मृत फेला परेका हुन् ।

बिहान साँढे आठ बजेतिर घरबाट हिँडेका खड्का अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा बारीको काल्लामुनी मृत फेला परेको स्थानीयले बताएका छन् ।

शारीरिकरुपमा सामान्य अपाङ्ग रहेका खड्कालाई घर नजिकै बारीको काल्लामुनि उधोमुन्टे अवस्थामा मृत फेला पारिएको स्थानीयको भनाइ छ ।

घटनाको प्रकृति हेर्दा खड्काको लडेर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts