Thursday, November 12, 2015

नकारात्मक प्रचारका कारण नाकाबन्दी – नेता महत

चितवन, २६ कात्तिक । पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालमा जारी भएको संविधानको विषयमा भारतीय सञ्चार माध्यमले नकारात्मक प्रचार गरेका कारण त्यहाँको सरकारले नाकाबन्दी गरेको बताउनुभएको छ ।

प्रेस युनियन चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहॉले नेपालको संविधान समावेशी नभएको भन्दै भारत र अन्तर्राष्ट्रिय जगतमा गलत प्रचार गरिएको उल्लेख गर्नु भयो ।

नाकाबन्दीका कारण अर्थतन्त्रमा डरलाग्दो प्रभाव देखिएको बताउँदै उहाँले भन्सार नाका ठप्प हुँदा वैदेशिक व्यापार १०÷१५ प्रतिशतमा झरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेता महतले भूकम्पले नौ हजारको ज्यान लिएको र ठूलो आर्थिक क्षति बेहोरेको नेपालका लागि पुनःनिमार्णका काम गर्ने बेला नाकाबन्दीले झन् मानवीय सङ्कट सिर्जना गरेको धारणा राख्नु भयो ।
दुई देश र अन्तर्राष्ट्रिय कानुनअनुसार व्यापार चल्नुपर्ने भन्दै उहाँले नेपाल भारतबीचको व्यापार वाणिज्य र पारवहान सन्धिअनुरुप चल्नुपर्ने बताउँदै भन्नुभयो, “आन्तरिक राजनीतिक कारण देखाएर रोक्न कसैले पाउँदैन ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts