Thursday, November 12, 2015

असन क्षेत्रमा ‘भाइ मसला’ किन्नेको भीड

काठमाडौँ, २६ कात्तिक । भाइ टिकाको अघिल्लो दिन काठमाडौँको असन क्षेत्रमा ‘भाइ मसला’ किन्नेको भीड लागेको छ ।

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज असन क्षेत्रसँगै इन्द्रचोक, हनुमानढोका, पशुपति क्षेत्र र कालीमाटीलगायतका क्षेत्रमा पूmलमाला, भाइ मसलालगायत तिहारका लागि आवश्ययक सामग्री किन्नेको घुइँचो लागेको हो ।

आज भाइ टिकाको अघिल्लो दिन भएको कारण पनि अन्य दिनको तुलनामा भीड बढी लागेको असनमा पूmलको व्यापार गरिरहनुभएका ललितपुर, गोदावारीका शङ्कर विष्टले बताउनुभयो । “पहिलेको तुलनामा आज कम मूल्यमा पूmलमाला बेच्नु परेको छ” उहाँले भन्नुभयो ।

नेपालीहरूको दसैँ, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा अघोषितरूपमा गरिएको नाकाबन्दीका कारण भारतबाट पूmल ल्याउन नसक्दा व्यापारीले नेपालमै उत्पादित स्वदेशी पूmल बिक्री वितरण गर्दै आएका छन् ।

“यसैपनि असन क्षेत्रमा भीडभाड हुन्छ, भोलि तिहार भएर होला आज झन् भीड बढेको छ, तिहारका लागि चाहिने सबै सामान र अन्य सामान पनि असन क्षेत्रमा पाइने भएर होला” असनमा भाइ मसला बेच्दै गर्नुभएका नुवाकोटकी सुन्तली तामाङले भन्नुभयो ।

उहाँले नाकाबन्दीका कारण इन्धनको समस्या हुँदा बिगतका वर्षहरूमा भन्दा यस वर्षको तिहारमा व्यापारमा कमि आएको बताउनुभयो । तिहारका लागि आवश्यक सामग्रीको दोब्बर मूल्य वृद्धि हुँदासमेत सम्बन्धित निकायले अनुगमन गर्न नसकेको उपभोत्ताले गुनासो गर्दै आएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts