Thursday, November 26, 2015

आपूर्ति व्यवस्थासम्बन्धी सही सूचना दिन आयोगको निर्देशन

काठमाडौँ, १० मङ्सिर । राष्ट्रिय सूचना आयोगले आपूर्ति व्यवस्थासम्बन्धी सूचना चुस्त र दुरुस्त तुल्याई जनतामाफ पु¥याउन निर्देशन दिएको छ ।

आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको अध्यक्षतामा सम्बन्धित निकायका प्रमुखसँग आज बसेको बैठकले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थासम्बन्धी सही सूचना सम्प्रेषित नहुँदा जनताले असुविधा र कठिनाइ भोग्नु परिरहेको भन्दै सम्बन्धित निकायलाई सूचना पु¥याउन निर्देशन दिएको हो ।

आयोगले केन्द्रमा केन्द्रीय अनुगमन पोष्ट गठन गर्नुका साथै ७५ जिल्लामा उपभोक्ता हितका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिसहितको टोलीबाट बजार अनुगमनलाई तीव्रता दिन दैनिक उपभोग्य वस्तुको आयात वृद्धिको पहल गर्न, वितरण प्रणालीलाई समावेशी तुल्याउन र स्थानीय ग्रामीणस्थलमा वस्तु वितरण गर्दा पूर्व सूचनास्वरुप आवश्यकतानुसार माइकिङ गर्न र पम्पलेट टाँससमेत गर्ने प्रबन्ध गर्न निर्देशन दिएको छ ।

साथै आयोगले वैकल्पिक आपूर्तिको प्रबन्ध, वैकल्पिक उपकरणको व्यवस्था र विद्युत् आपूर्तिसम्बन्धी सम्पूर्ण सूचना जनतामा पु¥याउनुपर्नेमा जोड दिएको छ ।

यसैगरी आयोगले मुलुकको सबै भौगोलिक स्थलमा आपूर्ति व्यवस्थालाई चुस्त तुल्याउन र विशेषगरी दैनिक उपभोग्य वस्तु खाद्यान्न, दूध, औषधि, पानी, हरियो तरकारीको आपूर्तिसम्बन्धी सत्य सूचना सम्प्रेषित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

बैठकमा आयोगका आयुक्तद्वय किरण पोखरेल र यशोदा तिम्सिना, वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्याय, निमित्त सचिव सुरेश अधिकारी, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइराला, वाणिज्य विभागका महानिर्देशक शम्भु कोइराला, औषधि व्यवस्थापन विभागका महानिर्देशक बालकृष्ण खकुरेललगायतको उपस्थिति रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts