Sunday, November 8, 2015

सहमति, सहकार्य र एकताको नीतिमा चुक्यौँ – नेत्री कोइराला

काठमाडौँ, २२ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले गिरीजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको नीतिमा नेपाली काँग्रेस चुकेको बताउनुभएको छ ।

जिपी कोइराला मेमोरियल कलेजले तिहार, छठ, नेपाल सम्वतको नयाँबर्षको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेत्री कोइरालाले राष्ट्रिय शक्ति एक नहुँदा कतिपय विषयमा नकारात्मक असर पर्ने बताउनुभयो ।

“बिपी कोइरालाले थालेको राष्ट्रिय मेलमिलापको नीति गिरिजाबाबुले सहमति, सहकार्य र एकता भनेर ल्याउनुभएको थियो”– नेत्री कोइरालाले भन्नुभयो ।

उहाँले संविधान निर्माण विभिन्न षड्यन्त्रका बाबजुद राष्ट्रिय शक्तिको एकताबाट सम्भव भएको थियो, यो एकता र गठबन्धन जोगाउन चुकेको उल्लेख गर्नुभयो ।

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले स्वाबलम्वी अर्थतन्त्रको सुरुवात गर्नु आवश्यक रहे पनि अहिले नै यसप्रकारको अर्थनीति सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सानासाना वस्तुमा समेत परनिर्भर भएका छौँ । ”

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले विश्वविद्यालयका आङ्गिक क्याम्पसको विश्वसनीयताले विश्वविद्यालयको छवि निर्धारण हुने भन्दै गुणस्तरीय शिक्षामा जोड दिन जिपी कलेजलाई आग्रह गर्नुभयो ।

उहाँले जिपी कलेजको विद्यार्थी छात्रवृत्ति योजना सराहनीय भएको भन्दै त्यसलाई बढाउँदै गुणस्तरका आधारमा विद्यार्थी आकर्षित गर्न सुझाव दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts