Sunday, November 8, 2015

सचिवहरुलाई प्रमको निर्देशन

काठमाडौँ, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको अभावको समस्या समाधान र सहज वितरणका लागि सरकारले गर्नुपर्ने कामका बारेमा मुख्यासचिव डा सोमलाल सुवेदीलगायत आज विभिन्न सम्बन्धित मन्त्रालयका सचिवसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न इन्धन सङ्कटमा सबै उपाय अवलम्बन गर्न र विद्यमान वितरण प्रणालीलाई पारदर्शी र सहज रुपमा कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ । छलफलमा अर्थ, गृह, वाणिज्य तथा आपूर्ति र सहरी विकास मन्त्रालयका सचिवको उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts