नेपालगन्ज, १९ कात्तिक । नेपाल–भारतको पूर्वी सीमानाकाको तुलनामा केही खुकुलो पारिएको पश्चिमका सीमानाकामा पनि भारतीय पक्षबाट कडाइ गरिएको छ ।
प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित भएपछि सहज भएका नेपालगन्जको रुपैडिया र कैलालीको त्रिनगर नाकामा पछिल्लो वीरगन्ज घटनापछि भारतीय पक्षबाट कडाइ गरिएको हो । भारतीय भन्सार कार्यालयले माथिको आदेश भन्दै आज बिहानदेखि इन्धन र मालबाहक गाडीलाई भन्सार अनुमतिमा रोके पनि मध्याह्न केही मालबाहक गाडीलाई प्रवेश अनुमति दिएको थियो ।
भारतीय भन्सार कार्यालयले मध्याह्नपछि झन्डै एक दर्जन मालबाहक गाडीलाई नेपाल प्रवेशको अनुमति दिएको प्रजिअ वेदप्रसाद लेखकले बताउनुभयो । भन्सार अनुमतिको पर्खाइमा अझै १५० बढी नेपाली मालबाहक गाडी सीमापारि रोकिएका छन्् । रासस
No comments:
Post a Comment