काठमाडौँ, २८ कात्तिक । क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली टोली अभ्यास खेलमा ओमानसँग ३ विकेटले पराजित भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) को शेख जाहेद रङ्गशालामा आज भएको खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य ओमानले ४८.१ ओभर खेल्दै ७ विकेटको क्षतिमा पूरा ग¥यो ।
अजय लालचेताले अविजित २० तथा अर्का अविजित मोहम्मद रदिमले १० रन जोडेपछि ओमानको जित सुनिश्चित भयो । त्यस्तै, जिशान मक्सुदले ५२ तथा जीतेन्दर सिंहले ४१ रन बनाएपछि ओमानको जितको आधार तयार भएको थियो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा सबै विकेट गुमाएर १८४ रनमा समेटियो ।
नेपालको मध्यम स्कोरका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले केही सन्तुलित ब्याटिङ गरेपनि अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
नेपालका ओपनर नरेश बुढाएर ९ र सुवास खकुरेलले २ रन बनाएर पेबेलियन फर्किएपछि दबाबमा आएको नेपालका लागि उपकप्तान ज्ञानेन्द्रले ७१ तथा कप्तान पारसले ४९ रन बनाउँदै पारी सम्हाल्ने कोसिस गरे ।
त्यसैगरी, शरद भेषवाकर ९, मेहबुब आलम, वसन्त रेग्मी र सागर पुन ७÷७, करण केसी ५, विक्रम सोब १ तथा शक्ति गौचन ० रनमा आउट भए । नेपालका शक्तिले ३, मेहबुबले २ तथा सागर र विक्रमले १÷१ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।
यसअघि, ओमानका बिलाल खानले ४, खवार अलीले ३ तथा मुनिस अन्सारीले २ विकेट लिए । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले यही सोमबार र बुधबार पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । रासस
No comments:
Post a Comment