सप्तरी, ४ मङ्सिर । बन्दको अवज्ञा गरी मोटरसाइकल चलाएको भन्दै आन्दोलनकारीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज साँझ जिल्ला वन कार्यालयको मोटरसाइकल तोडफोड गरेका छन् ।
कल्यानपुरबाट राजविराजतर्फ आउँदै गरेको मे१प ९५७० नम्बरको मोटरसाइकलमा आन्दोलनकारीले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
साथै आन्दोलनकारीले जिल्ला वन कार्यालयअन्तर्गत पर्ने इलाका वन कार्यालय कल्यानपुरका मोटरसाइकलमा चढेका कर्मचारी विष्णु सिवाकोटीमाथि हातपातसमेत गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । रासस
No comments:
Post a Comment