भीमदत्तनगर, २१ कात्तिक । भारतको अघोषित नाकाबन्दीको प्रभावले सुदूरपश्चिमका पहाडी जिल्लामा औषधि ढुवानीमा समस्या भएको छ ।
यसबाट पहाडी जिल्लामा अत्यावश्यक औषधिको अभाव हुनथालेको छ । “उसै पनि ढुवानीकै कारण हामीले सरकारले निःशुल्क उपलब्ध गराउने ७० किसिमकै औषधि यहाँका जिल्लामा पु¥याउन सकेका छैनौँ” सुदूरपश्चिम क्षेत्रीय मेडिकल स्टोर धनगढीका स्टोर किपर पदमबहादुर विष्टले भन्नुभयो, ‘ठेकेदारले इन्धनको व्यवस्था मिलाएर अनुसार हामी पहाडी जिल्लामा औषधि पठाउँदैछौँ ।’
ढुवानीकै कारण बझाङ, बाजुरा र अछामलगायत पहाडी जिल्लामा औषधि पु¥याउन नसकिएको बताइएको छ । “हामी सकभर तिहारभन्दा अगाडि नै ती जिल्लामा औषधि पु¥याउने तयारीमा जुटेका छौँ ” स्टोकर किपर विष्टले भन्नुभयो । विष्टले भन्नुभयो, “ दुई महिनादेखि नै पथलैयाबाट औषधि ल्याउन सकिएको छैन ।” रासस
No comments:
Post a Comment