Monday, November 2, 2015

महाकालीको टोलीद्वारा सुर्खेतबाट बाघको छालासहित एक पक्राउ

बेलौरी (कञ्चनपुर), १६ कात्तिक । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट खटिएको क्षेत्रीय अनुसन्धान टिम महाकालीले आज सुर्खेतबाट फेरि एक बाघको छाला, हड्डीसहित उक्त कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा सुर्खेत पुगेको क्षेत्रीय अनुसन्धान महाकालीको टिमले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट एक बाघको छाला, हड्डीसहित उक्त कारोबारमा संलग्न नगरको वडा नं–१९ ठौरीका जगबहादुर सुनारलाई पक्राउ गरेको हो ।

क्षेत्रीय अनुसन्धान टिम महाकालीका इन्चार्ज वीरेन्द्र जोहारीले विशेष सूचनाका आधारमा सुनारको घरमा खानतलासी गर्दा ६ फिट ४ इन्च लामो, ३ फिट ७ इन्च चौडाइको छाला र ५ किलो २५० ग्राम हड्डी बरामद गरिएको बताउनुभयो । दुर्लभ वन्यजन्तु चोरी–तस्करीको आरोपमा सुनारलाई समेत पक्राउ गरिएको छ ।

बरामद गरिएको उक्त बाघको छाला, हड्डी र व्यक्तिलाई आजै जिल्ला वन कार्यालय सुर्खेतमा बुझाइएको क्षेत्रीय अनुसन्धान टिम महाकालीका जोहारीले बताउनुभयो । उक्त टिमले गत शुक्रबार मध्यपश्चिमको बर्दियाबाट पनि एक बाघको छालासहित एक व्यक्तिलाई पक्राउ गरेको थियो । सुनारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुने जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts