Monday, November 2, 2015

वीरगन्जमा गोली लागी एक व्यक्तिको मृत्यु

वीरगन्ज, १४ भदौ । प्रहरीको गोली लागेर आज यहा“ एक व्यक्तिको मृत्यु भएको छ ।

नेपाल–भारत सीमास्थित शङ्कराचार्य गेटनजिक सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा स्थिति नियन्त्रणमा लिन आज दिउ“सो प्रहरीले चलाएको गोली लागेर अन्दाजी २० वर्षीय युवकको मृत्यु भएको छ ।

उनको पहिचान अझैसम्म पनि खुलेको छैन । टाउकोमा गोली लागेका ती युवकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले प्रहार गरेको रबरको गोली लागेर पाँचजना भन्दा बढी घाइते भएको सुरक्षा स्रोतले जनाएको छ । घाइते हुनेहरुमा वीरगन्ज रामटोलका रबि यादव, रेशमकोठीका गोविन्द साह, भेडियारीका भुलन साह र शिवजी साह सोनार लगायत रहेका छन् ।

उनीहरूको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये शिवजी साह सोनारको स्वास्थ्यस्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ । त्यस्तै, प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा आठ सुरक्षाकर्मीसहित १८ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीको लाठी प्रहारबाट आदर्शनगरका राहुल दास, सरोज कुमार, राकेश गुप्तालगायतका व्यक्ति घाइते भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts