Thursday, November 12, 2015

काँग्रेसलाई साथलिएर समस्या समाधान गर्न सकिने – मन्त्री शर्मा

तुलसीपुर (दाङ), २६ कात्तिक । सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षमा रहेको ठूलो दल नेपाली काँग्रेसलाई साथमा लिएर मात्रै मुलुकको विद्यमान समस्या गर्न सकिने बताउनुभएको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले देशमा विद्यमान समस्याको समाधान गर्न नेपाली काँग्रेसलाई मनाएर संविधान संसोधनमार्फत निकास दिन सकिने बताउनुभएको हो ।

वार्ता समितिका सदस्यसमेत रहनुभएकी मन्त्री शर्माले मधेसी दलका एजेण्डा संविधान संशोधनमार्फत प्रक्रियामा रहेको भन्दै सिमाङ्कनको विषयको सवालमा सबै दल एक भएर मात्रै निकास दिन सकिने धारणा राख्नुभयो ।

त्यस्तै, उहाँले नेपाल हरेक क्षेत्रमा आत्मनिर्भर नभएकै कारण विषम् परिस्थितिको सामना गर्न जनताले थप कष्ट व्यहोर्नुपरेको जानकारी दिनुभयो । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालको अध्यक्षतामा कार्यक्रम भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts