Thursday, November 12, 2015

प्रजिअको निर्देशनमा वन फडानी आरोपमा सातजना पक्राउ

जुम्ला, २६ कात्तिक । वन फडानी गरेको आरोपमा प्रहरीले सातजना स्थानीयबासीलाई हिरासतमा राखेको छ ।

गत मङ्गलबारका दिन चन्दननाथ नगरपालिका–९ का सातजनालाई प्रहरीले हिरासतमा राखेको हो ।

प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले वन फडानी गर्नेलाई पक्राउ गर्न दिएको निर्देशनअनुसार जिल्ला वन कार्यालय जुम्लाका निमित्त प्रमुख श्यामलाल महतको नेतृत्वमा गएको टोलीले उनीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा घर निर्माण पूर्जी लिएकाहरु परेका छन् । आपूmले घर निर्माणका लागि जिल्ला वन कार्यालय, चन्दननाथ नगरपालिका, गाउँको सामुदायिक वनको पूर्जी लिएको घरधनी मानदत्त रावलले बताए । रावलले ईलाका वन कार्यालयबाट ५० क्यूफिट काठ काट्ने अनुमतिको पूर्जी देखाए ।

प्रजिअ पौडेलले भने पूर्जी र कारवाही विषयमा वन कार्यालयले नै ऐन बमोजिम प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

चन्दननाथ नगरपालिका–९ मा रहेको जङ्गलमा भने आपूm स्वयंले हजारौँ काठ काटेर वन फडानी गरेको देखेको प्रजिअ पौडेलले बताउनुभयो । यता निमित्त वन अधिकृत महतले पक्राउ परेकामाथि छानबीन भइरहेको जनाउनुभयो ।

तथापि घरधनी रावलले आपूm निर्दोष हुँदाहुँदै पनि आपूm इमान्दार हुनुको फाइदा प्रशासनले उठाएको आरोप लगाएका छन् । उक्त जङ्गल क्षेत्र तत्कालिन तलिउम र महत गाविसका जनताले प्रयोग गर्दै आएको र विनापूर्जी हजाराँै काठ काटेको पाइएको वन कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts