Saturday, November 7, 2015

संविधानबारे गाउँगाउँमा प्रचार गर्न उपाध्यक्ष ज्ञवालीको निर्देशन

तुलसीपुर (दाङ), २१ कात्तिक । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नयाँ संविधानकाबारेमा गाउँ गाउँमा गई प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । एमाले क्षेत्र नं १ ले आज दाङको गढवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सो निर्देशन दिनुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले नयाँ संविधानमा सबै जातजाति, वर्ग, समुदाय र धर्मसंस्कृतिका कुरा समेटिएकाले पनि संविधानका बारेमा गाउँगाउँमा गई प्रचार गर्नुपर्छ ।

नेपालको समस्या आन्तरिक समस्या भएको र सोको समाधान नेपालका दल, सरकार र नेपाली जनताले समाधान गर्नसक्ने हँुदा हस्तक्षेप नगर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै ज्ञवालीले अघोषित नाकाबन्दी चाँडै नै कूटनीतिक र संवादका माध्यमबाट समाधान गर्नुपर्छ भन्नुभयो । त्यस अवसरमा एमालेका जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts